डा. राजन थपलिया फेयरफ्याक्स विश्वविद्यालयमा सहायक डिन नियुक्त

तु खबर संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार ०४:२४

अमेरिका निवासी डा. राजन थपलिया भर्जिनियाको फेयरफ्याक्स विश्वविद्यालयमा सहायक डिन नियुक्त भएका छन्। डा. थपलियालाई कम्प्युटर विज्ञान, साइबर सुरक्षा तथा सूचना प्रविधि संकायका लागि सहायक डिन नियुक्त गरिएको हो। विश्वविद्यालयका अनुसार, प्रविधि र नवप्रवर्तनकारी अध्ययनलाई प्रभावकारी बनाउन थपलियालाई सहायक डिन नियुक्त गरिएको हो।

डा. थपलिया अमेरिकामा कृत्रिम बुद्धिमत्ता, डाटा साइन्स, मेसिन लर्निङ, कम्प्युटर विज्ञान तथा उदीयमान प्रविधिका क्षेत्रमा परिचित शैक्षिक अनुसन्धानकर्ता हुन्। अमेरिकाका विभिन्न विश्वविद्यालयमा लामो प्राध्यापन अनुभव हासिल गरेका थपलिया डाटा साइन्समा स्थापित नाम हुन्। यसअघि डा. थपलियाले प्रोग्राम चेयरको भूमिका समेत निर्वाह गरेका थिए।

डा. थपलियाले सहायक डिनको भूमिकामा कम्प्युटर विज्ञान, साइबर सुरक्षा र सूचना प्रविधिमा उत्कृष्ट योगदान गर्ने बताएका छन्। उनी विभिन्न प्रतिष्ठित जर्नलको सम्पादकको रूपमा समेत काम गरिरहेका छन्।

अमेरिकाको प्रतिष्ठित अनलाइन पत्रिका खसोखासका सम्पादक समेत रहेका डा. थपलिया विभिन्न प्रतिष्ठित पत्रिकामा स्तम्भलेखकको रुपमा समेत क्रियाशील छन् ।