जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गौतमले आन्दोलनका क्रममा सिंहदरबारमा आगो लगाउन अरूलाई उक्साएको तथा भिडलाई उत्तेजित बनाएको आरोप छ। घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई आपराधिक उपद्रव मुद्दामा थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नहरुको प्रहरीले धमाधम खोजी गरिरहेको छ भने कारागारबाट फरार कैदीको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
