सानोठिमी बाल सुधार गृहमा झडप

तु खबर संवाददाता
२०८२ माघ ९, शुक्रबार १०:१३

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी–२ सानोठिमीस्थित बाल सुधार गृहमा गएराति झडप र आगजनी भएको छ। सुधार गृहमा राखिएका दुई समूहबीच उत्पन्न तनावले झडप र आगजनीको रूप लिएको हो।

प्रहरीले मात्रै झडप नियन्त्रणमा लिन सकस परेपछि त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल लगायत बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपकै बीच मध्यरात आगजनीको प्रयास भएपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

उक्त बाल सुधार गृहमा १४५ पुरुष र २४ जना महिला गरी कुल १६९ जना रहेका छन्। झडपका कारण सुधारगृहमा केकति क्षति भयो सोको यकीन विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।