सुनको मूल्य हालसम्मकै उच्च

तु खबर संवाददाता
२०८२ पुष १३, आईतवार ११:३०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्यमा पुगेको छ । चाँदी प्रतितोला २७० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।