पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार

तु खबर संवाददाता
२०८२ पुष १०, बिहीबार ०९:१७

काठमाडौं । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुको विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यका लागि आ.व. २०८०/८१ मा ठेक्का लगाउँदा मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्कासम्बन्धी सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा स्पष्ट रूपमा प्रकाशन गर्नु पर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साहको मिलेमतोमा पत्रिकमा सूचना नै प्रकाशन नगरेको अख्तियारले जनाएको छ ।

आपसी मिलेमतोमा सार्वजनिक सूचना लुकाएर झुट्टा बिलको आधारमा भुक्तानी दिएको खुलेपछि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको हो।