नेपाली बजारमा सुन-चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । पछिल्लो तीन दिनदेखि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ।
आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो।
यता, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । आज चाँदी तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४२० रुपैयाँ पुगेको छ।
सुन-चाँदीको मूल्यमा भइरहेको निरन्तर वृद्धिले बजारमा लगानीकर्ता तथा उपभोक्ताहरूको चासो बढाएको देखिन्छ।
