सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलामा २ लाख ६७ हजार नाघ्यो

तु खबर संवाददाता
२०८२ पुष ८, मंगलवार १०:५८

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २५५ रुपैयाँ पुगेको छ ।