न्यूयोर्कमा गाडि चालकका लागि नियमहरुमा परिमार्जन

तु खबर संवाददाता
२०८२ मंसिर १८, बिहीबार ०१:०८
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

गिरिजा अधिकारी, न्युयोर्क

जनवरी २०२६ बाट न्युयोर्कमा सवारीचालकहरुका लागि नियमहरुमा थप रुपमा कडा बनाइने भएको छ । न्युयोर्क मोटर भेइकल डिपार्टमेन्टले सवारी नियमहरुलाई थप परिमार्जन गरेको छ र यसको उद्धेश्य नागरिकको सुरक्षा भएको बताइएको छ । कडा नियमहरुले ट्राफिक व्यवस्थापनमा थप प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको छ ।

सवारी नियम उलंघनकर्तालाई परिवर्तित नियमले थप कडा कारवाही गर्न प्रहरीलाई बाटो खुल्नेछ । नियम अनुसार, अब सवारी नियम उलंघन गरेमा प्वाइन्टहरु दिइनेछ, जसले छिट्टै लाइसेन्स निलम्बर र खारेजीसम्म हुनेछ ।

यसअघि सवारी नियम उलंघन गर्दा प्वइन्ट नलगाइने व्यवस्थालाई परिवर्तन गरेर प्वाइन्ट दिइने बनाइएको छ । अहिलेको ट्राफिक नियममा उलंघन भएपछि १८ महिनासम्म रेकर्डमा रहने प्रावधान थियो, यसलाई संशोधन गरेर २४ महिनासम्म ट्राफिक उलंघनका घटना रेकर्डमा राख्ने व्यवस्था गरिएको छ । वर्तमानमा भएका नियमहरु परिवर्तनपछि २४ महिनाभित्र १० पोइन्टमात्रै पुगेमा पनि लाइसन्स निलम्बनमा पर्न सक्नेछ ।

परिवर्तन गरिएको नियम अनुसार तीव्र गति, मोबाइल फोनको प्रयोग, पैदलयात्रीलाई बाटो काट्न नदिँदा र लापरवाही तरिकाले गाडि चलाउनेलाई दिइने यस अघिको प्वाइन्टमा थप प्वइन्ट दिने व्यवस्था गरिएको छ । लामो समयसम्म गणना हुने र थोरै प्वाइन्ट भएपनि लाइसेन्स निलम्बन वा खारेज गर्न सकिने भएकाले सवारीचालकहरु सचेत हुनुपर्ने अवस्था बनेको छ ।