खस्किँदो जैविक विविधताप्रति युएन महासचिवको चिन्ता

तु खबर संवाददाता
२०८२ मंसिर २६, शुक्रबार ०६:५२

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीमा हरेक मानिसले असुरक्षित हावामा सास फेरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई केन्यामा सम्बोधन गर्दै महासचिव गुटेरेसले यस सभाले आसा प्रदान गरिरहेको बताए । हाम्रो ग्रह पहिले कहिल्यै नभएको अवस्थामा रहेको बताउँदै महासचिव गुटेरेसले खस्किँदो जैविक विविधताप्रति चिन्ता व्यक्त गरेका छन् ।

दिगोपना नै त्यो आधारशिला हो जसमा हाम्रा सबै अन्य महत्वाकांक्षाहरू टिक्छन् भन्दै उनले शान्ति, समृद्धि, समानता—यीमध्ये कुनै पनि अस्तित्वमा हुनका लागि मान्छेलाई बस्ने ग्रह चाहिन्छ, उनले भने ।

द्वन्द्व र असमानताले वातावरणका लागि अर्थपूर्ण प्रगति गर्न अझ गाह्रो बनाएको स्मरण गर्दै महासचिव गुटेरेसले नवीकरणीय ऊर्जाको पक्षमा लहर बद्लिँदै गर्दा र यसमा नयाँ पुस्ताको सहयोगले गर्दा रुपान्तरण अब पहुँचभित्र रहेको महासचिव गुटेरेसको भनाइ थियो ।

अर्को वर्ष हुने राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको जैविक विविधता सम्बन्धी पहिलो शिखर सम्मेलनले कार्यका लागि थप अवसरहरू प्रदान गर्ने बताउँदै उनले भत्किएका प्रणालीहरूलाई रूपान्तरण गर्न आवश्यक रहेको र नीतिलाई विज्ञानसँग एकताबद्ध गरेर समाधान विश्वलाई दिनुपर्ने समेत बताए ।