भोलि देशभर सार्वजनिक बिदा

तु खबर संवाददाता
२०८२ मंसिर १७, बुधबार १२:४२

काठमाडौँ । भोलि मंसिर १८ गते (बिहीबार) देशभर सार्वजनिक बिदा हुनेछ। धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व योमरी पुन्हि तथा ज्यापु दिवस पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिदाका कारण सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र शेयर बजारका कारोबारसमेत भोलि बन्द रहनेछन्।