एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने

तु खबर संवाददाता
२०८२ मंसिर १७, बुधबार १०:१६

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ अन्तर्गत आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। खेल अपराह्न ४ः०० बजेबाट सुरु हुनेछ।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स उत्कृष्ट फर्ममा छ। टोलीले पाँच खेलमध्ये चारमा जित निकाल्दै ८ अंक जोडेको छ र हाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।

विराटनगर किङ्सका खेलाडीहरूमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।उता, रोहितकुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी लायन्सका लागि आजको खेल ‘डु अर डाइ’ जस्तै छ। पाँच खेलमध्ये दुईमा मात्रै जित निकाल्दै ४ अंक जोडेको लुम्बिनी अंकतालिकाको छैटौं स्थानमा छ। प्लेअफमा पहुँच कायम राख्न लुम्बिनीले आज अनिवार्य रूपमा जित निकाल्नुपर्ने दबाब छ।

लुम्बिनीका खेलाडीहरूमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन्। कीर्तिपुरमा हुने यो प्रतिस्पर्धा आजको दिनको एक मात्र खेल हो।