यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ मंसिर १५, सोमबार १०:११
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीदमूल्य १४२.८४ रुपैयाँ र बिक्रीमूल्य १४३.४४ रुपैयाँमा कायम रहेको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.५६ रुपैयाँ र बिक्रीदर ९३.९५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र एक कतारी रियालको खरीददर ३९.२० रुपैयाँ र बिक्रीदर ३९.३६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०५ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.५७ रुपैयाँ र बिक्रीमूल्य ३४.७१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७३ रुपैयाँ र बिक्रीमूल्य ९.७७ रुपैयाँ निर्धारण भएको छ।