शरण खोज्नेहरुलाई प्रवेश दिन राष्ट्रसंघको आग्रह

तु खबर संवाददाता
२०८२ मंसिर १४, आईतवार ०९:४२
तस्बिर : गिरिजा अधिकारी । न्युयोर्क

न्युयोर्क । संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले अमेरिकामा शरण खोज्नेहरुलाई प्रवेश दिन र उनीहरुलाई कानुनी प्रकृयामा सामेल हुन दिन अनुरोध गरेको छ । मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले अमेरिकामा एसाइलम खोज्नेहरु अन्तर्राष्ट्रिय कानून अन्तर्गत सुरक्षाको हकदार भएको बताएका छन् ।साथै  उनीहरुका लागि अमेरिकाले उचित कानुनी प्रक्रिया दिनुपर्ने समेत जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायकी प्रवक्ता युजिन ब्युनले पनि सोही कुरा दोहोराउँदै सुरक्षा चाहिने मानिसहरू उनीहरूको इलाकामा आइपुग्दा उनीहरूले शरणको लागि उचित प्रक्रिया पाउनुपर्ने बताएकी छिन् । अमेरिकाले आप्रवासनको मामिलामा कडा नीति आबलम्बन गरेपछि राष्ट्रसंघ मानव अधिकार कार्यालयको यस्तो प्रतिक्रिया आएको हो ।

केही दिन अघि वाशिंटन डीसीमा एक आप्रवासीबाट भएको आक्रमणपछि ट्रम्प प्रशासन झनै कडा बन्दै गइरहेको छ र उनले आप्रवासीहरुलाई दिँदै आएको सबै सुविधाहरु समेत कटौती गरेको छ । अमेरिकाले एसाइलमलगायतका सबै प्रकृयाहरु रोक्ने घोषणा गरेको छ भने अफगानस्तानका नागरिकहरुको भिसा आवेदन अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।