सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ११५ रुपैयाँमा आइपुगेको छ ।



