शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

तु खबर संवाददाता
२०८२ मंसिर ५, शुक्रबार ११:१९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा आइपुगेको छ ।