सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ मंसिर ४, बिहीबार ११:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १८५ रुपैयाँ पुगेको छ ।