महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५९ रुपैयाँ पुगेको छ ।



