सुनको मूल्य एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले वृद्धि

तु खबर संवाददाता
२०८२ कार्तिक २७, बिहीबार ११:३९

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ रहेकोमा बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ।

यससँगै सुनको भाउ फेरि साढे २ लाख नाघेको हो। महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।