सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ कार्तिक २६, बुधबार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा तीन हजार १७५ रुपैयाँ कायम भएको छ।