यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ कार्तिक २६, बुधबार ०९:०१
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले घटेर एक डलरको खरीददर १४१.४२ रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.२५ रुपैयाँ र बिक्रीदर ९२.६४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ र एक कतारी रियालको खरीददर ३८.८० रुपैयाँ र बिक्रीदर ३८.९६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.५१ रुपैयाँ र बिक्रीमूल्य ३८.६७ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.१७ रुपैयाँ र बिक्रीमूल्य ३४.३१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.६५ रुपैयाँ र बिक्रीमूल्य ९.६९ रुपैयाँ निर्धारण भएको छ।