यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.४८ रुपैयाँ र बिक्रीदर ९२.८७ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४६ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर १०८.६७ रुपैयाँ र बिक्रीदर १०९.१३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक साउदी अरेबियन रियालको खरीददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, एक कतारी रियालको खरीददर ३८.८५ रुपैयाँ र बिक्रीदर ३९.०२ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३४.०४ रुपैयाँ र बिक्रीदर ३४.१९ रुपैयाँ निर्धारण गरिएको छ।




