सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा आइपुगेको छ ।



