यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.९३ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.७७ रुपैयाँ र बिक्रीदर १०१.१९ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२७ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक चाइनिज युआनको खरीदमूल्य १९.८७ रुपैयाँ र बिक्रीमूल्य १९.९६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५४ रुपैयाँ र बिक्रीमूल्य ३८.७१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७२ रुपैयाँ र बिक्रीममूल्य ९.७६ रुपैयाँ निर्धारण भएको छ।




