सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

तु खबर संवाददाता
२०८२ कार्तिक २१, शुक्रबार ११:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।