आज बजारमा सुनको मुल्य स्थिर, चाँदीमा पाँच रुपैयाँको वृद्धि

तु खबर संवाददाता
२०८२ कार्तिक १७, सोमबार १२:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । अहिले चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा पुगेको छ । सुन स्थिर रहँदा चाँदीमा वृद्धि देखिनु बजारमा सन्तुलित स्थिति कायम भएको संकेतका रूपमा लिइएको छ ।