धनगढीबाट उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

तु खबर संवाददाता
२०८२ कार्तिक १५, शनिबार १४:२१
file-photo

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

शुक्रबार बिहान १० बजे धनगढीबाट उडेको फलाइट नम्बर २२२ ले काठमाडौं पुग्नुअघि बीच बाटोमै हाइड्रोलिक फेलियरको समस्या देखिएपछि सुरक्षित अवतरणका लागि भैरहवामा ल्याण्डिङ गरिएको हो ।

विमानको हाइड्रोलिक प्रणाली फेल भएका कारण रनवेमा गुड्न नसक्दा करिब ४० मिनेटसम्म विमानस्थलका अन्य उडानहरू प्रभावित भएका थिए ।

आकस्मिक अवतरणपछि चालक दलका सदस्य र ८२ जना यात्रु सबै सकुशल रहेका छन् । यात्रुहरूलाई लिन काठमाडौंबाट अर्को विमान पठाइएको छ ।

अवतरणका क्रममा विमानको अगाडिको ल्यान्डिङ गियर नखुलेपछि विमान धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्र ल्यान्डिङ गियर खुलेपछि विमानलाई विमानस्थलको पार्किङ क्षेत्रमा सारिएको जनाइएको छ ।

हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।