आज सुन तोलामा २ हजार ७०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो
काठमाडौँ । निरन्तर घट्दै आएको सुनको मूल्य आज भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबारको दिन सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा बिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।



