यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ११ पैसाले घटेर एक डलरको खरीददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.२४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र एक कतारी रियालको खरीददर ३८.६३ रुपैयाँ र बिक्रीदर ३८.८० रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.३४ रुपैयाँ र बिक्रीमूल्य ३८.५० रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.६२ रुपैयाँ र बिक्रीमूल्य ३३.७६ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८९ रुपैयाँ र बिक्रीमूल्य ९.९४ रुपैयाँ निर्धारण भएको छ।




