यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ कार्तिक ११, मंगलवार ०८:४८
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.९० रुपैयाँ र बिक्रीमूल्य १४१.५० रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ कायम भएको छ भने एक साउदी अरेबियन रियालको खरीददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.४७ रुपैयाँ र बिक्रीमूल्य ३३.६१ रुपैयाँ तोकिएको छ भने १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८४ रुपैयाँ र बिक्रीमूल्य ९.८८ रुपैयाँ तोकिएको छ।