लगातार ओरालो लाग्दै सुन–चाँदीको मूल्य

तु खबर संवाददाता
२०८२ कार्तिक १०, सोमबार ११:१५

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले भारी गिरावट आएका सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा थप २ हजार रुपैयाँले कम हुँदै २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

लगातार गएको केही दिनयता सुन–चाँदीको मूल्यमा आएको गिरावटले बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । लगानीकर्तादेखि उपभोक्तासम्म मूल्य उतारचढावप्रति सतर्क बनेका छन् ।