सुनको मूल्यमा भारी गिरावट

तु खबर संवाददाता
२०८२ कार्तिक ९, आईतवार ११:२७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ ।