सुनको मूल्य ऐतिहासिक उचाइमा, एकैदिन ७ हजार १०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन र चाँदी दुवैको मूल्यमा आएको यो तीव्र वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र विनिमय दरमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको बताइन्छ ।