यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ४१ पैसाले घटेर एक डलरको खरीदर १४०.२२ रुपैयाँ र बिक्रीदर १४०.८२ रुपैयाँ कायम भएको छ।
आज एक स्विस फ्र्यांकको खरीददर १७५.७५ रुपैयाँ र बिक्रीदर १७६.५० रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीददर ९१.२३ रुपैयाँ र बिक्रीदर ९१.६२ रुपैयाँ र एक सिंगापुरे डलरको खरीददर १०८.१९ रुपैयाँ र बिक्रीदर १०८.६५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२६ रुपैयाँ र बिक्रीमूल्य ९.३० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८९ रुपैयाँ र बिक्रीमूल्य ९.९३ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४५८.४४ रुपैयाँ र बिक्रीमूल्य ४६०.४० रुपैयाँ निर्धारण भएको छ।