सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ पुग्यो

तु खबर संवाददाता
२०८२ आश्विन ३०, बिहीबार १२:११

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्यमा उल्लेख्य वृद्धि भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ । हाल चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिले नेपाली बजारमा समेत प्रत्यक्ष प्रभाव पारेको हो । आर्थिक अनिश्चितता र सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको बताइन्छ ।