नेपालको पासपोर्ट विश्वमै कमजोर, १०६औं स्थानमा यथावत्

काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक गरिएको हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल विश्वका कमजोर पासपोर्ट भएका देशहरूमध्ये परिरहेको छ। नयाँ सूचकाङ्कअनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६औं स्थानमा यथावत् रहेको छ।
अघिल्लो वर्ष नेपाल १०३औं स्थानमा थियो भने सन् २०२५ को पहिलो त्रैमासमा पनि १०१औं स्थानमा नै सीमित थियो। हालको सूचकाङ्कमा नेपालपछि क्रमशः सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अन्तिममा अफगानिस्तान रहेका छन्।
छिमेकी मुलुक भारतले भने पहिलो त्रैमासको तुलनामा ८ स्थान सुधार गर्दै ८५औं स्थानमा उक्लिएको छ। त्यस्तै, श्रीलंका ९८औं र चीन ६४औं स्थानमा रहेका छन्।
यो वर्ष अमेरिका शीर्ष १० सूचीबाट बाहिरिंदै १२औं स्थानमा झरेको छ। पासपोर्ट पहुँचका आधारमा सिंगापुर पहिलो, दक्षिण कोरिया दोस्रो र जापान तेस्रो स्थानमा रहेका छन्।