यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले बढेर एक डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ।
राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरीदमूल्य ९.३३ रुपैयाँ र बिक्रीमूल्य ९.३६ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीदमूल्य ३८.६० रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ कायम भएको छ।
त्यस्तै १०० दक्षिण कोयिन वोनको खरीदभाउ ९.८८ रुपैयाँ र बिक्रीभाउ ९.९३ रुपैयाँ तोकिएको छ भने एक कुवेती दिनारको खरीदभाउ ४६१.७९ रुपैयाँ र बिक्रीभाउ ४६३.७५ रुपैयाँ निर्धारण भएको छ।