एकैदिन सुनको मूल्य ८ हजारले उकालो, तोलाको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ

तु खबर संवाददाता
२०८२ आश्विन २८, मंगलवार ११:१२

काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ ।