सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४० हजार नाघ्यो

तु खबर संवाददाता
२०८२ आश्विन २७, सोमबार ११:१३

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको हो।

यो मूल्य हालसम्मकै उच्च दर भएको महासंघले जनाएको छ। लगातारको वृद्धि पछिल्लो केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र माग बढेसँगै भएको बताइएको छ।

यससँगै आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँ पुगेको छ। सुन–चाँदी दुबैको मूल्यमा देखिएको यो वृद्धि पछिल्ला दिनहरूमा लगानीकर्ता र उपभोक्तालाई समान रूपमा प्रभावित पार्ने देखिएको छ।