सुन र चाँदीको मूल्य उच्च विन्दुमा स्थिर

तु खबर संवाददाता
२०८२ आश्विन २६, आईतवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ।

महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो।

शुक्रबार भने सुनको भाउ घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा र चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।