जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी

तु खबर संवाददाता
२०८२ आश्विन २६, आईतवार १०:४६

काठमाडौं । इजरायल र हमासबीच भएको हालैको युद्धविराम सम्झौताले बन्धकहरू मुक्त हुने मार्ग खोलिदिएको छ। सम्झौताअनुसार पहिलो चरणमा सोमबारदेखि गाजामा रहेका केही बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ। उक्त सूचीमा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरिएको हो।

यसअघि अमेरिकी समाचार संस्था सीएनएनले विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको जनाएको थियो।

सन् २०२३ को अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणका क्रममा नेपालका १७ विद्यार्थी प्रभावित भएका थिए, जसमा कम्तीमा १० जना मारिएका र अन्य केही घाइते भएका थिए। त्यसै घटनापछि विपिन जोशी लामो समयदेखि सम्पर्कविहीन थिए।

युद्धविरामको पहिलो चरणअनुसार सोमबारदेखि मंगलबारसम्म केही बन्धकहरू मुक्त हुने अपेक्षा गरिएको छ। विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा देखिएसँगै अब उनी चाँडै रिहा हुन सक्ने समााचारहरु सार्वजनिक भइरहेका छनन् । यद्यपी जोशीको अवस्थाबारे युद्धरत हमासका तर्फबााट कुनै आधिकारिक सूचना भने आएको छैन ।