इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । अविरल वर्षाले क्षतिग्रस्त बनेको इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
गत सातादेखिको वर्षाको कारणले इलाम जिल्ला निकै प्रभावित बनेको छ । सो जिल्लामा बाढी पहिरोबाट ३९ को मृत्यु भएको छ । इलाममा हाल विभिन्न सरुवा रोगहरुको बिगबिगी समेत रहेको छ ।



