चुरियामाईमा बसको ठक्करबाट २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ आश्विन १५, बुधबार १९:२२

हेटौंडा । मकवानपुर र बारा जिल्लाको सीमा क्षेत्र चुरियामाईमा बसको ब्रेक फेल भई व्याक हुँदा दुई वटा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बस ब्याक हुँदा पछाडी रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा दुई परिवारका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन्।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ मा पर्ने चुरियामाई मन्दिरनजिक उकालोमा काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भएको थियो । सो क्रममा भई ब्याक भई दुई वटा मोटरसाइकलमा ठक्कर दिएको हो। यस क्रममा दुई वटा मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले दिएको जानकारी अनुसार, घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकोमा दुई जनाको मृत्यु भएको हो ।