सल्यानमा फोर्स गाडी दुर्घटना, तीन जनाको मृत्यु
राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब ४ बजे सडकबाट करिब ३–४ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–५ का २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ।
मृत्यु हुनेमध्ये एक महिला र दुई पुरुष रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



