यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ आश्विन १२, आईतवार ०८:४७
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.६६ रुपैयाँ र बिक्रीदर १४२.२६ रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९२.४३ रुपैयाँ र बिक्रीमूल्य ९२.८२ रुपैयाँ हुँदा एक सिंगापुर डलरको खरीदमूल्य १०९.४८ रुपैयाँ र बिक्रीमूल्य १०९.९५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वोनको खरीदभाउ १०.०४ रुपैयाँ र बिक्रीभाउ १०.०८ रुपैयाँ तोकिंदा एक कुवेती दिनारको खरीदभाउ ४६३.२७ रुपैयाँ र बिक्रीभाउ ४६५.२४ रुपैयाँ निर्धारण भएको छ।