बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ आश्विन १०, शुक्रबार १२:२४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ ।

आज चाँदीको मूल्य भने तोलामा एकैपटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँ पुगको छ ।