नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट

तु खबर संवाददाता
२०८२ आश्विन ९, बिहीबार १०:४२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।