यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । अमेरिकी डलरको भाउ एकैदिन ७२ पैसाले बढेर एक डलरको खरीददर १४१.७२ पैसा र बिक्रीदर १४२.३२ पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.५८ रुपैयाँ र बिक्रीमूल्य ३८.७५ रुपैयाँ कायम हुँदा १०० दक्षिण कोरियन वनको खरीदमूल्य १०.१६ रुपैयाँ र बिक्रीमूल्य १०.२१ रुपैयाँ निर्धारण भएको छ।

