चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातका लागि रुट परमिट खुला

काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनलाई आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ।
चाडपर्वको समयमा यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्न तथा सहज आवागमन सुनिश्चित गर्न सरकारले देशभरका सार्वजनिक यातायातलाई रुट परमिट खुला गरेको हो।
रुट परमिट खुलाइसकेपछि सार्वजनिक सवारी साधनले प्रचलित रुट नलिईकनै गन्तव्यस्थलसम्म पुग्न सक्नेछन्। यो व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहनेछ।