भारतले आफ्ना नागरिकका लागि नेपाल यात्रा सतर्कता एडभाइजरी जारी

तु खबर संवाददाता
२०८२ आश्विन ४, शनिबार १०:१२

काठमाडौँ – काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि नेपाल यात्रा सतर्कता एडभाइजरी जारी गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न अवस्थाको तुलनामा अहिले स्थिति केही सुध्रिएको भए पनि सतर्क रहन आग्रह गरिएको दूतावासले जनाएको छ।

एडभाइजरीमा भनिएको छ, “नेपालमा पछिल्ला दिनमा सडक यातायात र हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्। तर नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउनुपर्छ र दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नुपर्छ।”

दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्कालीन सम्पर्क नम्बर र इमेल ठेगानासमेत सार्वजनिक गरेको छ।