पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

तु खबर संवाददाता
२०८२ आश्विन ४, शनिबार ०७:३७

हेटौंडा । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि हिजो साँझ ६ बजेदेखि निरन्तर सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोले सबै सडक ढाकेपछि यो सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो निरन्तर खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन संभव नभएकोले आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । सडक बन्द भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । उनीहरु रातभरि सडकमै रोकिएका थिए ।